Wednesday, 24 August 2016

''साल्पा


साल्पा ,,

धेरै पहिले बर्तमान पुर्बी नेपालमा रहेको किरात भुमीमा आदी किराती पुर्खा सालपा नाम गरेको एक राजा र रिभ्याँमा नाम गरेको उनकी रानी बस्दथे । सालपाको पहिलेको नाम रिकापा थिए । आफ्नो दैनन्दिनको कामबाट दिक्दार भएर एक दिन ती किराती राजा र रानी लेकतिर हालको साल्पाको भ्रमणमा निक्लिए । उनीहरुको जोडी बाँधिनु अघि सालपा रिकापाको रुपमा त्यहि लेकको साल्पा र सिलिचुङ तिर बस्दथे भने रिभ्याँमा तल बेसी तिर बस्दथिन् । त्यसैले सालपालाई आफ्नी रानीलाई अफुले बाल्यकाल गुजारेको रमाइलो डाँडा, पाखा पखेरा, बन पात र पोखरीहरु देखाउन चाहन्थे । यसरी लेक तिर उक्लिंदै जाँदा रानीलाई टाउको दुख्ने तथा बेहोसी हुने बिमारीले समात्यो । संभबतः ती तल बेंसी तिर बस्ने रानीलाई ३५५० मिटर भन्दा उचाईको डाँडातिर लेक लागेको थियो होला । रानीको किन टाउको दुख्यो भनेर राजा चिन्तित भए । उनीहरु जसै लेकको एक पोखरी (हालको साल्पा पोखरी) पुगे, नाटकिय रुपमा रानीको टाउको दुख्न निको भयो । पोखरी पुग्नु अगाडीको डाँडा भन्दा पोखरी १०० मिटर जती तल पर्दछ । लेक लाग्दा ५०–१०० मिटर तल ओर्लिनाले हावाको दबाब र अक्सिजनको मात्रा बढ्नाले पनि बिषेक हुन्छ । संभबतः ती किराती रानी त्यहि कारणले निको भइन । संभबतः सालपा रिकापा हुँदा बसेको तथा नाचेको सिलिचुङ जस्को उचाई ४१०० मिटरमा पनि उनीहरु गएको हुन सक्दछन् । त्यसै कारण रानीलाई बढि लेक लागेको हुन सक्दछ । त्यस समय उक्त पोखरी निकै ठुलो थियो । शान्त बाताबरण, स्वच्छ पानी र रानीको बिमारी पनि निको भए पछि राजा रानी दुबै खुसी भए । रानी कञ्चन पानी संग खेल्न थालिन् भने राजा पोखरी वरपर के कसो रैछ भनी जाँच परख गर्न थाले । 
यति कै मा पोखरीबाट ठुलो नाग निक्लिएर रानीलाई क्वप्लक्कै निली पोखरीमा डुब्यो । त्यसरी रानीलाई नागले निलेको राजाले देखेन । पोखरी वरीपरि टहली फर्केर अउँदा रानी नदेखेर राजा अत्तालियो । रानीको बेहोसी हुने बिमारी फेरी सुरु भएर कतै गई होलिन भनेर राजाले यता उता खोजे । तर रानी कतै भेटिइनन् । उनको प्रिय रानी हराएकोमा राजा अति दुखित भए । उन्ले भीर पाखा, झोर जंगलमा कैयौं दिन रानीलाई खोजे तर रानी भटिइनन् । त्यसैले उनी निरास भएर आफ्नो दरबारमा फर्किए । कतै हराएकी रानी भेटि पो हालिन्छ कि भनी राजा समय समयमा उक्त पोखरी गइरहन्थे तर उनी मरुन्जेल सम्मै रानी भेटिएनन् । यहाँ नागले साल्पा रानीलाई निलेको कथन छ । संभबतः यो उचाईमा नाग थिएन होला तर प्रत्येक पानीको स्रोतमा नाग नगेनी हुन्छ भन्ने किराती बिश्वासको कारण रानी हराउँदा राजालाई नागले निलेको भन्ने परेको हुन सक्दछ । यस पोखरी वरिपरी अक्करे भिरहरु छन् । त्यसैले रानी पनि वरपर टहल्न वा शौच गर्न जाँदा भिरबाट धेरै तल खसेर राजाले पत्तो नापाएको पनि हुन सक्दछ । 
यस प्रकारको बियोगान्त प्राचीन घट्ना संग यो पोखरी जोडिएको छ । यसरी सालपा राजा र रानीको बियोगान्त कथासंग जोडिएको हुनाले उक्त पोखरीको नाम पनि साल्पा रहन गयो । यस पोखरी साल्पै राजा साल्पै रानीको प्रतिक हुन गयो । यसै कारण आम किराती तथा गैर किरातीहरु उक्त स्थान र नजिकै रहेको सिलिचुङमा सक्दा सालै पिच्छे नसक्दा जीवनमा ३ चोटी जानु पर्दछ भन्ने मान्यता राख्दन् । सालपा राजाले उक्त स्थान संधै गैरहने कारणले यो प्रचलनको सुरु भएको हुनु पर्दछ ।
copy by man bahadur rai nambhocha

No comments:

Post a Comment