Sunday, 28 August 2016

किरात राइ अनि चुला संस्कार |

विश्लेषण :- हरि चाम्लिङ राई 
किरात राइ अनि चुला संस्कार |

यो संसार को पहिला पहिचान हामि किराती हरु हो | जसमा राइ ,लिम्बु गुरुङ , मगर तामांग , भोटे , लेप्चा आदि धेरै मंगोलियन जात हरु आउछ | यस्तै हामि हरु को कुनै धर्म हुदैन हामि हरु को पहिचान जातीय या प्रान्तीय हुन्छ | जस्तो राइ जात , सेर्पा जात या गुरुङ जात आदि आदि किन भने हामि हरु ले आफनो आफनो संस्कार मान्ने गर्छुम | जातीय को निम्ति देवता या कुल देवता या फेरी मांग अनि पित्री हरु हुन्छ तर धर्म को निम्ति इश्वर हुनु अति जरुरि छ | अनि हामि किराती को कुनै प्रकार को इश्वर या भगवान हुदैन | 

राइ को चुला संस्कार :- 

राइ हरु को निम्ति मूल चुला को ठुलो भूमिका छ | यो ठाउ लाइ "हुत्लुंग" भन्ने गर्छ | जसको अर्थ हो | खाल्टो या डोब या फेरी (हुत भनेको खाल्टो ) अनि (लुंग भनेको ढुंगा ) खाल्टो मा ढुंगा गाडेको | यो मुख्य घर को पनि मुख्य कोठा को एक कुना मा हुन्छ | हुत्लुंग भएको अघेना लाइ डावेखाम भन्ने गरिन्छ | 

मांग्पा (मुल्धामी) बसेको दाहिने तिर माखाप पुलुंग ( आमा को) हुन्छ | अनि बाए तिर पाखाप पुलुंग (बाबाको) हुन्छ येस्तई सिधा माथि तिर को ढुंगा लै हेप्तलुंग ,सप्तालुंग या सायालुंग भन्ने गरिन्छ | यो ढुंगा घर को मन सम्मान इजात अनि प्रतिष्ठा हो | यो हेप्तलुंग हरु लाइ अनेक नाम बाट सम्बोधन गर्ने गरिन्छ | जस्तो कि अन्न ढुंगा , चासुम्लुंग ,लक्ष्मी ढुंगा अनि इस्टमित्र अनि दाजु भाइ ढुंगा आदि आदि | हामी हरु ले यो चुला को ढुंगा लै अनेक नाम दिने को मुख्य कारण हो कि यो चुला को ढुंगा मा हाम्रो घर को लक्ष्मी , मान सम्मान , इस्टमित्र हरु धन धान्य अनि हाम्रो पुर्ख हरु को बास भइ हाम्रो रक्षा गर्नु हुन्छ | 

हुप्त्लुंग गाडने या नया घर मा सार्ने |:- हुप्तलुंग खोज्नु को लागि प्राय नदि नाला मा जानु पर्छ अनि कम्ति मा एक फुट को लामो ढुंगा खोज्नु पर्छ | यदि पाएन भने कुनै पनि गोलो कार को ढुंगा लाइ खोपेर लाम्चो बनाउनु पर्छ | अनि तियो ढुंगा लाइ चोखो तिते पति जाड अनि अदुवा ले चोखाउनु पर्छ | तियो पछी हुप्लुंग राखने ठाउमा घर को सबै दाजु भाइ अनि मुल्धामी जामा हुनु पर्छ | दाजु भाइ हरु ले थाल अनि नान्ग्लो मा चामल अनि दियो कलस राखेर मूल धामी ले मुन्धुम जप गर्दै तियो ढुंगा लाइ हुत्लुंग मा राखने गर्छ | यो चुला राखेको मा कुनै अजाती हरु पस्नु मिल्दैन | यदि पसे मा राइ देव लाग्ने गर्छ | यो हुत्लुंग भए को छेउ छाउ अति सुध अनि राम्रो आचरण गर्नु पर्छ | यदि हामि हरु ले यो ठाउँ लाइ असुध या यो हुत्लुंग भएको छेउ छाउ मा न राम्रो पनि बिचार राखेमा हामि हरु लाइ कस्ट दुख आउने गर्छ या फेरी घर मा कुनै ठुलो जान धन को नुक्सान हुने गर्छ | राइ को निम्ति बाख्रा अति नै असुध हुने गर्छ ( कारण मा अर्को मालेख्ने छु) र हुत्लुंग भएको ठाउ मा कुनै बाख्रा लै प्रवेस दिनु हुदैन | हामि राइ हरु को लागि हुत्लुंग को अवास्कता जन्म बाट मरण सम्म आवस्यक पर्छ किन भने यो हाम्रो संस्कार हो | 

र मैले पहिला पनि भन्दै आएको छु | मानब जीवन मा दुइ मुख्य भूमिका छ धर्म अनि संस्कार | र धर्म लाइ हामि ले धारण गर्ने हैन | धर्म ले हामि लाइ धारण गर्नु पर्छ | तर संस्कार ले हामि लाइ कहिले धारण गर्दैन | हामि ले संस्कार लाइ धारण गर्नु पर्छ | 

किन भने धर्म भनेको समय परिस्थिति अनुकुल परिवर्तन सिल हो | तर हामि को संस्कार नितान्त निरन्तर अविरल छ | यदि हामी हरु ले संस्कार परिवर्तन गरियो भने हामि ले आफनो अस्तित्व आफनो पुर्ख अनि सबै आफन्त बाट सम्बन्ध तोडी दिने गर्छुम | 
***************************************************************************************
अरु पनि धेरै छ बाकि कुनै समय मा फेरी........ 

अनुरोध छ:- यो जतिपनि माथि को कुरा हरु छ | यो मेरो आदरणीय आमा बाबा अनि जान्ने गुन्ने बाट मैले धारण गरेको हो र कतै कमि कमजोरी भए तल कोमेन्ट बक्स मा सुझाव दिनु होला 

धन्याबाद........................

Hari Chamling Rai


Image result for sumnima paruhang

पारुहाङ र सुम्निमा कसरी शिव र पार्वती हुन सक्छन् ?

शिव र पार्वती, पारुहाङ र सुम्निमा हुन् भन्ने भ्रम बारे

यस बर्षको स्वस्थानी ब्रत शुरु भएको आज पाँचौं दिन पुग्दैछ । नेपालका हिन्दु नारीहरुमा स्वस्थानीको ठूलो महत्व छ । खासगरी ग्रामिण भेगका हिन्दु नारीहरु एक महिनासम्म स्वस्थानीको व्रत बस्ने र हरेक दिन कथा श्रवण गर्ने गर्दछन् ।

स्वस्थानी व्रत कथाले शिव र पार्वतीको प्रेम सम्बन्धलाई केन्द्रमा राखेको छ । शिवलाई पति पाउनको निम्ति पार्वतीले गरेको त्याग- तपस्याको वर्णन र महादेवप्रति ऋषि पत्नीहरुको आकर्षण, जालान्धरसँग बिष्णुको युद्ध, "शिव ब्रम्हाण" को छलबाट आठ बर्षकी बालिका "गोमा" ले पाएको दु:ख, उनको छोरा "नवराज" ले प्राप्त गरेको लावण्य देशको राज्य, उनकी स्त्रीले स्वस्थानीको प्रसादलाई थु थु गर्दा आइलागेको विपद, बिछोडिएका "नाग-नगेनी" को पुनर्मिलन आदि जस्ता प्रशंगहरुले कथालाई रोचक बनाएको छ ।

स्वस्थानिको व्रत बस्दा र कथा सुन्दा मनोकामना पूरा हुने बिश्वास हिन्दुहरुमा छ । अविवाहिता हिन्दु नारीहरुले शिव जस्तै पति पाउन र विवाहिताहरुले पतिको दीर्घ जीवनको कामना गर्दै स्वस्थानीको व्रत बस्ने गर्दछन् ।

यहाँ स्वस्थानीको सम्पूर्ण कथा होइन किरातसँग जोडिएको प्रशंग बारे थोरै विमर्श गर्न गैरहेको छु । विमर्श गर्न यसकारण आवश्यक छ कि, किरातीहरुले आदिपूर्खाको रुपमा मान्ने पारुहाङ र सुम्निमा भनेकै शिव र पार्वती हुन् भन्ने एकप्रकारको भ्रम समाजमा छरिएको छ । स्वस्थानी व्रत कथाको प्रामाणिकता बारे बेग्लै बहस गर्न सकिन्छ तर यहाँ यही कथामै टेकेर शिव-पार्वती, पारुहाङ-सुम्निमा हुन् कि होइनन् भन्ने कुरामा केही विमर्श गरौं ।

स्वस्थानी व्रत कथा अनुसार लामो समयसम्म कैलासमा महादेव न आएपछि पार्वतीले ध्यान दृष्टीले हेर्दा महादेव त किरातीको भेष धारण गरेर किरातीहरुसँगै घुमिरहेको देख्छिन् तब पार्वती पनि किराती महिलाको भेषमा महादेव नजिक पुग्छन् । त्यो कुरा महादेवले थाहा पाउँछ । त्यसपछि दुवै जना किरातीकै भेषमा आनन्द लुट्दै केही समय ब्यथित गर्छन् र अन्ततः कैलास फर्कन्छन् ।

स्वस्थानी व्रत कथा अनुसार महादेव र पार्वतीले किरातीको भेष धारण गरेका हुन् अर्थात सक्कली होइन नक्कली किराती बनेका हुन् । कथाले नै सिधै भन्छ शिव र पार्वती किराती थिएनन् । अब बाँकी रह्यो नक्कल गरेको कुरा । नक्कल गर्नको लागि त्यो वस्तु वा ब्यक्ती अस्थित्वमा हुनैपर्छ । अर्थात किरातीहरु थिए र न शिव र पार्वतीले नक्कल गरेर किराती जस्तो बने । यसर्थ स्वस्थानी कथालाई सही नै मान्ने हो भने शिव-पार्वती कालभन्दा अगाडि बाटै यो धर्तिमा किरातीहरुको अस्थित्व थियो । अब किरातीहरुले सृष्टि कर्ता मानेका पारुहाङ र सुम्निमा कसरी शिव र पार्वती हुन सक्छन् ?

किराती मिथकहरुको खण्डन होला त्यो बेग्लै कुरो हो तर किराती दर्शन अनुसार पारुहाङ र सुम्निमा कुनै अलौकिक शक्ति होइनन् । पारुहाङ आकाश र सुम्निमा धर्तिको प्रतीक हुन् । आकाश र धर्तिको मेलपछि मात्रै पृथ्वीमा जीवन सम्भव भएको हो । त्यसैले पारुहाङ-सुम्निमालाई आफ्नो आदि पूर्खा मान्ने गर्छन् किरातीहरु ।

आस्थाहरु आ-आफ्नै हुन्छन् । आस्थाहरुसँग ती समुदायको जीवन दर्शन जोडिएको हुन्छ । त्यसले ती समुदायका ब्यक्तिहरुको स्वभाव लगायत अन्य कुराहरुमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जस्तो प्रकृतिप्रति सधैं कृतज्ञ रहने किरातीहरु रुख काट्दा चोट लाउनु अगाडि रुखलाई ढोग्ने गर्छन् र रुख ढली सकेपछि फेदमा माटो लगाउने गर्छन् । ढलेको रुखको फेदमा माटो लगाउँदा पुनः रुखका बिरुवा पलाउँछ भन्ने मनोविज्ञान किरातीहरुमा छ ।

हिन्दु समाजमा किरातेश्वर महादेवको महत्व छ । किरातेश्वर महादेव भनेको किरातीको रुप लिएका महादेव हुन्, किराती महादेव होइनन् । यसर्थ पारुहाङ र सुम्निमाको बारेमा हिन्दु समाज अलिक प्रष्ट हुने कि ?
Image result for sumnima paruhang

तीन चुल्हा र मुन्धुमी विश्वास

विश्लेषण :- इन्द्र नाराथुङे चाम्लिङ
तीन चुल्हा र मुन्धुमी विश्वास

प्रत्येक किराती घर भित्र
बिना अर्थ उभिएका छैनन्
ढुङ्गाका तीन चुल्हा र,
वरिपरिका ढुङ्गे बाराहरु ।

आ-आफ्नो थाप्लो माथी
टेकाएर भाँडाको पीँध
भक्भकी उमाल्नु च्याँख्ला
र, तातो माडले पिल्सिएर लेघ्रै-लेघ्रा बन्नु
चुल्हाको सौन्दर्य होइन ।

न अगेनामा घुसारिएको दाउरालाई
आफ्नो काँधमा चढाएर
खरानीबाट अलिकति माथि उचाले पछि
हुरहुरी आगो बल्दा
आफ्नो अस्थित्व भेट्ने गर्छ ढुङ्गे बाराले ।

किराती घर भित्र उभिएका तीन चुल्हा
पक्कै ढुङ्गाकै हुन्-शंका छैन
तर ती ढुङ्गा होइनन्
किनकी,
ढुङ्गा हुनुको गुणलाई मुन्धुमले बाँधेर
उभ्याइएको छ जहाँ-
माखालुङ अर्थात आमापट्टीका पूर्खाहरु
पाखालुङ अर्थात बाउपट्टीका पूर्खाहरु
साम्बेलुङ अर्थात छोरी-चेली-कुटुम्बपट्टीका पूर्खाहरु
जसलाई घेरेर तोरोलुङले
सिंगो मानव सभ्यता
दायालुङमा हाजिर छ ।

मिथक :
हरेक किरातीको घरमा आफ्नै किसिमको अगेना हुन्छ । अगेनामा तीनवटा ढुङ्गाको चुल्हा गाडिएको हुन्छ । तीनै वटा चुल्हा र सिङ्गो अगेनालाई फेरि ढुङ्गाकै बारा हालिएको हुन्छ ।

तीनवटा चुल्हा मध्ये एउटा मूल चुल्हा हुन्छ । जसलाई "पाखालुङ" भनिन्छ । जसको अर्थ बाऊपट्टिका पूर्खाहरुको प्रतीक मानिन्छ ।

त्यसैगरी अर्कोलाई "माखालुङ" भनिन्छ । "माखालुङ",,, आमापट्टीको पूर्खाहरुको प्रतीक हो ।

र, तेश्रो चुल्होलाई "साम्बेलुङ" भनिन्छ । "साम्बेलुङ" ले छोरी-चेली, कुटुम्बपट्टीको पूर्खाहरुको प्रतीक हो ।

यी तिनै चुल्हो र अगेनालाई घेरेर ढुङ्गाकै बारा लगाइएको हुन्छ जसलाई "तोरोलुङ" भनिन्छ । यसले आमापट्टि, बाउपट्टि, छोरीचेली र कुलकुटुम्बपट्टिका पूर्खाहरुलाई एउटै घेरोमा राखेर सबै पूजनीय छन्, कोही पनि पराई होइनन् भन्ने मनोविज्ञानमा किरातीहरुमा यूगौंदेखि भर्दै आएको छ ।

अर्थात सारा मानव सभ्यताका गाथा,,, तीन चुल्हामा उपलब्ध छ भन्ने बिश्वास मुन्धुम (किरातीहरुको मौलिक दर्शन) ले किरातीहरुलाई दिंदै आएको छ ।
Show less